किन राजथली (RAJTHALI) नै नेपालको आगामी बजेट २०८३-८४ का लागि एक प्रमुख विकल्प हुनुपर्ने हो ?

 


अहिले नेपाल २०७२ मा संविधान जारी भएयताको कुनै पनि क्षणभन्दा बढी निर्णायक वित्तीय तथा विकासको चौबाटोमा उभिएको आगामी बजेटमा तीनवटा शक्ति एकसाथ केन्द्रित भएका छन् पहिलो, गत भाद्र २३ २४ को जेन-जी आन्दोलनले दुई दशकयताकै सबैभन्दा प्रभावकारी सुधारका लागि एकल बहुमतको सरकार जन्माएको आर्थिक वर्ष २०८३/८४ को बजेट त्यो जनादेश संरचनागत परिवर्तनमा रूपान्तरण गराउने कि नियमिततामा बिलाउने भन्ने पहिलो परीक्षा हुनेछ दोस्रो, नोभेम्बर २०२६ मा हुने कम विकसित राष्ट्र (LDC) बाट नेपालको निर्धारित स्तरोन्नतिले आधा शताब्दीदेखि राष्ट्रलाई सहयोग पुर्‍याउँदै आएका व्यापार सुविधा सहुलियतपूर्ण वित्तका व्यवस्थाहरू हटाउनेछ; त्यसका लागि नेपाल पूर्ण रूपमा तयार भएको देखिँदैन तेस्रो, नेपाली वित्तीय व्यवस्थापनका दीर्घकालीन रोगहरू जस्तै: करिब साठी प्रतिशतको चालु खर्च, विनियोजनको ६०-६५ प्रतिशतमै अड्किएको पुँजीगत कार्यान्वयन, कुल गार्हस्थ्य उत्पादनमा २६ प्रतिशतको रेमिटेन्सको हिस्सा, एक-नौको निर्यात-आयात अनुपात तथा कुल गार्हस्थ्य उत्पादनमा २३ प्रतिशत योगदान गर्ने कृषिक्षेत्रको बजेट हिस्सा प्रतिशत मात्र हुनु जस्ता छन्

सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा एकसयवटा प्रतिबद्धता छन् तीमध्ये धेरै राम्रा देखिन्छन् जस्तै: इन्भेस्टमेन्ट एक्सप्रेस नीति, राष्ट्रिय शिक्षार्थी (apprenticeship) कार्यक्रम, विप्रेषण-लगानी समपूरक कोष, नागरिक एपमार्फत सार्वजनिक सेवाको एकीकरण, देवभूमि नेपाल पर्यटन अभियान, तीस हजार मेगावाटको जलविद्युत् सोच, नेट जिरो २०४५ खाका रोजगारी प्रवर्द्धन दशक २०२६/२७ देखि २०३५/३६ आदि यो सुझावमा त्यो कुरा , जुन अहिले  छैन विगतका सरकारी नीतिमा पनि थिएन, त्यो हो ती सय प्रतिबद्धतालाई कागजबाट उतारेर नेपालीहरू बसोबास, काम-काज, उत्पादन उपभोग गर्ने ७५३ स्थानीय तहमा प्रत्यक्ष देखिन सक्ने अनि परिणाममा समेत रूपान्तरण गर्न सक्ने समुदाय तहको सञ्चालनयोग्य माध्यम

त्यो माध्यम हो राजथली थप जानकारीका लागि.........




Previous Post Next Post